पतंजली योग समिति काभ्रेको आयोजनामा धुलिखेल नगरपालिका वडा नं. ९ स्थित काभ्रे भन्ज्याङ्गमा नित्य चण्डेश्वर योग साधना केन्द्रमा प्रारम्भ भएको १२ दिने योग–उपशिक्षक प्रशिक्षणको पतंजली योग समिति बाग्मती प्रदेशका प्रमुख एंव केन्द्रिय सदस्य ग्रोविन तौजले र वडा नं. ९ का वडा अध्यक्ष बद्रि प्रसाद हुमागाईले पानसमा द्धिप प्रज्वलित गरी संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
सो अवसरमा प्रमुख अतिथि तौजलेले गाउँ गाउँमा योग अभ्यास संचालन गरी स्वस्थ समाजको निमार्णमा आफूहरु लागिपरेको बताउनुभयो । यस्तै वडा अध्यक्ष बजगाईले यो तालिमबाट प्राप्त भएको सिपलाई वडा भरि नै योग जागरण संचालन गर्न प्रशिक्षकहरु सामू अनुरोध गर्नुभयो । सो कार्यक्रममा पतंजली योग समिति बाग्मती प्रदेशका सल्लाहकार सरिता शाक्यले प्रत्येक मानवले योग अभ्यास गरी स्वस्थ रहनुपर्ने बताउनुभयो । २० जना प्रशिक्षकहरु सहभागी रहेको उक्त कार्यक्रमको सभापतित्व पतंजली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठ, स्वागात भाषण महिला समितिका अध्यक्ष अनु श्रेष्ठ र संचालन कोषाध्यक्ष कान्छा कुमार श्रेष्ठले गर्नुभएको थियो ।
