IMG-LOGO

बिदाई र फेरी भेटौला कार्यक्रम

 मंगल, फागुन २, २०७९  ---

      जिल्ला समन्वय समिति काभ्रे र कर्मचारी मिलन केन्द्र काभ्रेको संयुक्त आयोजनामा जिल्लामा जनताका सेवा गर्न आउनु भएका कर्मचारीहरुलाई स्वागत र सरुवा भइ जानेहरुलाई फेरी भेटौला कार्यक्रम बुधबार सम्पन्न भएको छ । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काभ्रे आउनु भएका प्रमुख जिल्ला अधिकारी पुण्य वित्र्रmम पौडेल, जिल्ला प्रहरी प्रमुख भागेन्द्र पुरुष ढकाल, जिल्ला हुलाक प्रमुख इश्वर प्रसाद आचार्य, सशस्त्र प्रहरी प्रमुख अच्युद मजगैइया, सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल लगायतलाई स्वागत गरिएको थियो । त्यस्तै गरी सरुवा भइ जानु हुने काभ्रे प्रहरी प्रमुख एसपी चक्रराज जोशी, जिल्ला प्रशासन काभ्रे अधिकृत रामप्रसाद भट्टराइलाई प्रमाण पत्र प्रसंशापत्र सहित बिदाई गरिएको थियो ।

      कार्यक्रममा पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, नमोबुद्ध नगरपालिका प्रमुख कुन्साङ तामाङ, जिल्ला समन्वय समिति काभ्रे उपप्रमुख रिम बहादुर तामाङ, जिल्लाका कार्यालय प्रमुखहरुको सहभागीता रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे अध्यक्ष बद्रीराज तिमल्सिना अतिथि हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन जिल्ला समन्वय अधिकारी शान्तिराज प्रसाइले गर्नुभएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्