रोटरी क्लब अफ धुलिखेल तथा रोटरी क्लब अफ काभ्रे भ्यालीको पहलमा कोहलपुर बांके स्थित कौशल्या मेमोरियल अस्पतालको लागि रोटरी डोनेशनइनका ईण्ड अष्टे«लिया र रोटरी क्लब अफ इर्डवार्डस टाउन अष्टे«लियाले निर्माणाधिन अस्पतालको लागि ४३ सेट इलेक्ट्रीक वेड, वेडसाइड टेबल, ट्रलि, डाक्टर चेयर, नर्सिङ्ग स्टेशनको लागि सहयोग करिब एक करोड मुल्य बराबरको ४० फुटे कन्टेनरमा वस्तुगत सहयोग उपलब्ध गराएको थियो र खाली कन्टेनरलाई अस्पतालको क्यान्टिन बनाउन उपयोग गरिनेछ । उक्त सामाग्री रोटरी क्लब अफ धुलिखेलको रोटरी फाउण्डेसन सभापति अशोक कुमार श्रेष्ठ र रोटरी क्लब अफ काभ्रे भ्यालीका अध्यक्ष अनुप श्रेष्ठ लगायत रोटेरियन भीम बन्जारा, रोटेरियन बासुदेव अधिकारी र रोटेरियन नकुल गौतमले संयुक्त रुपमा कौशल्या मेमोरियल अस्पतालका अध्यक्ष डा. चन्द बहादुर महतोलाई हस्तान्तरण गर्नु भएको थियो । रोटरीबाट प्राप्त पहिलो सहयोगबाट अत्यन्त उत्साही हुँदै यो सहयोगले बिरामीको गुणस्तरीय सेवा प्रदान गर्न मद्दत गर्ने छ । साथै रोटरी क्लब अफ ताइपेइ ताइवानको सहयोगबाट डेन्टल चेयर र व्हील चेयर पनि बस्तुगत सहयोग प्राप्त भएकोमा अस्पताल परिवार रोटरी प्रति आभार व्यक्त गरेको थियो ।
