काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं ९ घट्टे खोला किनारमा नयाँ गुफा भेटिएको छ । साविक छत्रेबास गा.वि. स. वडा नं ९ मा करिब एक महिना अघि स्थानीय विनोद लामाको जग्गामा उक्त घट्टेखोला गुफा भेटिएको हो । दाउरा काट्न गएको वेला खोतल्ने क्रममा रौतहट चन्द्रपुर न.पा. निवासी आफन्त को घरमा नविन जिम्बा पहिलो पटक गुफा भित्र पसी त्यहाँको वस्तुस्थितीका बारेमा स्थानीयलाई जानकारी गराएका थिए । भगवान शिव, पार्वती, गणेश लगायत अन्य भगवान्को विभिन्न प्रकृतिका आकृतिहरु रहेको उक्त गुफा करिब १५ मिटर लम्वाई रहेको स्थानीय ज्ञानबहादुर लामाले जानकारी दिए । धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पहल गरिने वडा नं ९ का वडासदस्य दुर्गा लामाको भनाई छ । स्थानीय ८४ वर्षीय चमारसिं लामाले आफूलाई भगवान शिवले बोलाएको भन्दै साँझ उक्त स्थानमा काम्दै पुगेका र उक्त स्थानको संरक्षण गर्न सुरुवाती कामको लागि संरक्षण समिति बनाइने छोरा ज्ञान बहादुर लामाले जानकारी दिए । भक्तजनको चहलपहल । सुरु भएकोले सबै तहका सरकारले आर्थिक सहयोग पाउने आशावादी रहेको स्थानीय हरेराम श्रेष्ठको भनाई छ । नमोबुद्ध कै गहना भेटिएकोले गहना कै रुपमा विकास गर्न आवश्यक रहेको समाजसेवी पुष्पराज श्रेष्ठले बताउनुभयो ।
