नेपालको तिन दिने भ्रमणका लागि भारतीय विदेश सचिव विनयमोहन क्वात्रा सोमबार नेपाल आएका छन् । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आएका विदेश सचिव क्वात्राले आफनो दुई दिने ेटघाटमा प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारी,प्रधानमन्त्री देखी राजनीतिक दलका शिर्ष नेताहरुलाई भेटने कार्यक्रम तय भएको छ ।
सोमबार बिहान १०ः३० मा काठमाडौं उत्रेका उनलाई पराराष्ट्र सचिव पौडेलले उनको सम्मानमा आयोजित दिवाभोज कार्यक्रममा सहभागी भएका पराराष्ट्र सचिवले दिएको लन्च पछि भारतीय विदेश सचिवले परराष्ट्र मन्त्री बिमला राईसँग द्विपक्षीय भेटघाट गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गरेकाछन् सोमबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटेका छन् । विदेश सचिव क्वात्राले आज मंगलवार भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबालाई भेटघाट गर्नेछन् । मंगलवार राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट गरेपछि उनी स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।
