IMG-LOGO

जनयुद्ध दिवशमा सार्वजनिक विदा

 मंगल, फागुन २, २०७९  ---

      प्रधान मन्त्री पुष्प कमल दाहालको ठाडो आदेशमा पहिलो पटक १ फागुणका दिन ‘जनयुद्ध दिवश’सरकारी स्तरमा सार्वजनिक विदा दिएको हो । प्रधानमन्त्री दाहालले आकस्मिक रुपमा मन्त्री परिषदको वैठक बोलाएर विदाको  निर्णय गरेका थिए । यस निर्णयको लागि बोलाएको वैठकमा उपप्रधान तथा उर्जा मन्त्री राजेन्द्र लिङदेन ुसहरी विकास मन्त्री विक्रम पाण्डे कानुन मन्त्री ध्रुववहादुर प्रधान अनुपस्थित भएका थिए ।

      आकास्मिक रुपमा वोलाएर प्रधानमन्त्रीले १ फागुणलाई जनयुद्ध दिवश मनाउने  सार्वजानिक विदा दिने प्रस्तावलाई वैठकमा उपास्थित परराष्ट्र मन्त्री विमला राई पौडेल र स्वास्थ्य तथा जन संख्या मन्त्री पदम गिरीले सरकारले धरै सार्वजनिक विदा दिंदा सरकार विवादमा पर्ने भन्दै प्रस्ताव फिर्ता लिन अनुरोध गरेको बताएका थिए । यस अघि राप्रपाको विशेष पहलमा पौष २७ गते यस सरकारले सार्वजनिक विदा दिएका थिए । 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्