IMG-LOGO

आज देखि उपत्यकामा सार्वजानिक यातायात बन्दको घोषणा

 मंगल, फागुन २, २०७९  ---

      यातायात व्यवसायी तथा मजदुरहरूले मंगलबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द गराउने घोषणा गरेका छन् । सरकारले विगतमा गरेका सहमतिहरू पालना नगरेको भन्दै विरोधको रुपमा उनीहरूले यातायात नचलाउने घोषणा गरेका हुन् । हिजो सवारी चालकहरूलाई पाँच पटकसम्म चिट काटेपछि ६ महिनासम्म सवारी चलाउन नपाउने नियमविरुद्ध सडकमा प्रदर्शन गरेका थिए । उनीहरूले नयाँ बसपार्क क्षेत्रमा सडकमा नै सवारीसाधन तेस्र्याएर सडक अवरुद्धसमेत गरेका थिए ।

      नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले काभ्रेटाइम्सलाई भने । गत सोमबार नयाँ बसपार्क क्षेत्रमा श्रमिकहरूमाथि नयाँ बसपार्कको ठेकेदार कम्पनी लोत्से बहुउद्देश्यीय कम्पनीसँग सम्बद्ध व्यक्तिहरूको समूहले आक्रमण गरेका थिए । आक्रमणमा संलग्न व्यक्तिहरूलाई कारबाही नगरिएकोमा समेत सवारी मजदुरहरूको आपत्ति छ । हिजो नै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्