काँठु गणेश बचत तथा ऋण सहकारी संस्थाको २० औं स्थापना दिवशको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो । ३० जना रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो । काँठु गणेश मन्दिर परिसरमा दिप प्रज्वलन गरी सकेपछि संस्थाको कार्यालयमा २० वटा कलात्मक पानसमा दिप प्रज्वलन गरी मनाइयो र सो अवसरमा संस्थाका संचालक समिति, लेखा सुपरिवेक्षण समिति, संस्थाका सल्लाहकार, महिला उप समिति, सहयोगी लायन्स क्लव अफ बनेपा सिटीका अध्यक्ष लगायत पदाधिकारी र संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमको संचालन सचिव हरि गोपाल मानन्धरले गर्नु भएको थियो भने सो कार्यक्रम संस्थाका अध्यक्ष त्रिरत्न राजबाहकको अध्यक्षतामा सम्पन्न भएको थियो ।
