IMG-LOGO

पनौती क्षेत्रलाई विश्व सम्पदामा सुचिकृत गर्न पहल

 मंगल, माघ २४, २०७९  ---

      पनौती संरक्षित स्मारक क्षेत्रलाई विश्व सम्पदा सूचीमा सुचिकृत गर्नका लागि छलफल तथा अन्तरक्रिया कार्यक्रम गत मंगलबार पनौतीमा सम्पन्न भएको छ । पुरातत्व विभागका सह–सचिव डा. सुरेस सुरस श्रेष्ठले सन् १९९० को दशकबाट पनौतीको स्मारक क्षेत्रलाई युनेश्को विश्वसम्पदा सूचीमा सुचिकृत गराउने कुरा गरिएतापनि अहिले सम्म पुरा हुन नसक्नुका विभिन्न कारणहरू बारे जानकारी गराउनुभयो । पनौती नगर प्रमुख रामशरण भण्डारीले विश्व सम्पदा क्षेत्रमा मूर्त, अमूर्त सम्पदालाई सूचीकृत भएर जानुपर्ने भएकाले निचोडमा पुग्न समय लागेको उल्लेख गर्नुभयो । सम्पदा सूचीकृत भएमा पर्यटन मार्फत पनौतीका जनताले समृद्दि हाँसिल गर्न सहज हुने धारणा प्रमुख भन्डारीको थियो । सन् १९९६ मा नै टेन्टेटिभ लिस्टमा पर्न सफल भएको सम्पदा अहिलेसम्म पनि सूचीकृत हुन सकेको छैन । पनौती नगरपालिका वडा नं. ७ को संरक्षित स्मारक क्षेत्रलाई विश्व सम्पदा सूचीमा सुचीकृत गर्ने सम्बन्धमा पुनः छलफल तथा अन्तरक्रिया गरिएको हो ।

      कार्यक्रममा सम्पदा व्यवस्थापन योजनामा समुदायको सहभागिता हुनुपर्नेमा त्यसो हुन नसकेमा नोमिनेसनको लागि योग्य नहुने बताइएको थियो । पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिनाले पनौती नगरपालिकामा जनप्रतिनिधिको समन्वय हुन आवश्यक रहेको बताउनुभयो भने पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापाले समग्र पनौतीको मुहार फेर्न विश्व सम्पदा सूचीमा सुचिकृत गराउने अभियान जनस्तरबाटै थाल्न अपिल गर्दै नगरको योजना के कस्ता रहेको छ भनि ध्यानाकर्षण गराउनुभयो । उपस्थित सरोकारवाला व्यक्तिहरूले सम्पदा सूचीकृतको विषयलाई निचोडमा नपुर्याएर गिजोलिएको भन्दै असन्तुष्टि जनाएका थिए । कार्यक्रममा पूर्व नगरपालिका प्रमुख चन्द्र बहादुर खड्का, प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपाने, प्रमुख पुरातत्व अधिकृत रमेश राज पौड्याल, पुरातत्वविद उदध्व प्रसाद आचार्य, देवेन्द्र भट्टराई, स्थानीय एवं  सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारीले गर्नुभएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्