IMG-LOGO

धुलिखेल अस्पतालमा ८ सय नर्सहरुले अध्यन सफलता हाँसिल गरे

 मंगल, माघ २४, २०७९  ---

 

      धुलिखेल अस्पतालले नर्सिङ प्रमाणपत्र तहको २१ औं समुहको दिक्षान्त समारोह मंगलबार सम्पन्न गरेको छ । अस्पतालले नर्सिङ लगायत १४ वटा विद्याका कार्यक्रमहरु गरिरहेको छ । उक्त अवसरमा अस्पतालका संस्थापक एवं अध्यक्ष बेलप्रसाद श्रेष्ठले धुलिखेल अस्पतालले शुरु गरेको स्वास्थ्य सेवा प्रभावकारी र विश्वसनीय भएकोमा धन्यबाद व्यक्त गर्नुभयो । अस्पतालका संस्थापक प्रा.डा. रामकण्ठ माकजुले २१ औ समुहमा आईपुग्दा ८ सय भन्दा धेरै विद्यार्थीहरु नर्स भएको र  गुणस्तरीय कार्यक्रमको निरन्तरताका कारण अस्पताल नमुना बनेको दाबी गर्नुभयो ।  काठमाडौ विश्वविद्यालयका डिन प्रा.डा राजेन्द्र कोँजुले अस्पतालले समुदायको परिचालन र आर्थिक समृद्धीमा समेत महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । नर्सिङ्ग कार्यक्रमका डाईरेक्टर प्रा.डा कुन्ता देवी पुनले नर्सिङ्ग समुहबाट उत्पादित विद्यार्थीहरुले देशविदेशका विभिन्न स्वास्थ्य संस्थामा गुणस्तरीय सेवा दिइरहेको बताउनु भयो । उक्त अवसरमा विद्यार्थीहरुले विविध मनोरञ्जनात्मक कार्यक्रमहरु गरेका थिए ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्