बनेपा नगरपालिकाको एघारौ अधिवेशन हिजो नगर सभाहलमा सम्पन्न भयो । नगर प्रमुख शान्तिरत्न शाक्यको सभाअध्यक्षमा सम्पन्न नगर अधिवेशनमा उपप्रमुख विमला सापकोटा दाहालले अर्धवार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । बनेपा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष एव. विद्यायन समितिका संयोजक बलराम अधिकारीले जन स्वास्थ्य विद्येयक, वन सम्बन्धी विद्येयक र साझेदारी प्रर्वधन सम्बन्धी विद्येयक सभा समक्ष टेवल गर्नुभयो । प्रस्तुत भएका विद्येयकहरु निर्णायार्थ प्रस्तुत गरिएको कुरा प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइले बताउनुभयो । बरिष्ठ प्रशासकीय अधिकृत धु्रवराज नेपालले सहजीकरण गर्नुभएको थियो ।
