IMG-LOGO

स्वास्थ्य पत्रकारिता पुरस्कार तिमल्सिनालाई

 मंगल, माघ २४, २०७९  ---

 

            स्वास्थ्य क्षेत्रमा कलम चलाउने निडर स्वभावकी काभ्रेली चेली पत्रकार भगवती तिमल्सिनालाई यसवर्षको क्रियाशिल स्वास्थ्य पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । शनिबार स्वास्थ्य पत्रकार मञ्च नेपालको आठौँ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनको अवसरमा आयोजित विशेष समारोहमा स्वास्थ्यमन्त्री पदम गिरीले सो पुरस्कार तिमल्सिनालाई प्रदान गरेका हुन् । नेपाल समाचार पत्र राष्ट्रिय दैनिकमा साढे दुई दशक देखि स्वास्थ्य क्षेत्रमा कलम चलाएकी तिमल्सिनालाई उनको स्वास्थ्य पत्रकारिता देखाएको अभिछिन्न सक्रियताको सम्मान गर्दै प्रदान गरिएको मञ्चले जनाएको छ । स्वास्थ्य पत्रकार मञ्च नेपालले यसवर्ष देखि स्थापना गरेको उक्त पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ । सो पुरस्कारका लागि आर्थिक सहयोग मञ्चका सदस्य बासुदेव न्यौपानेले गरेका हुन् ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्