माघ महिना जाडो महिना, यो कुरा बनेपा वरपरका व्यक्तिहरुमा यथार्थ नै छ । माघ महिना जाडो हो तापनि धर्ममा विश्वास हुने धार्मिक आस्थाका व्यक्तिहरुलाई, धार्मिक मान्यतामा तलीन हुनेहरुलाई धर्म मै लाग्ने बाहेक जाडोको महसुस नै हदैनन् गर्दैनन् । माघ महिनामा श्री स्वस्थानी महात्म्य माघ महिनाभर पुरै एक महिना घर घरमा श्रीस्वस्थानी महात्म्यको कथा वाचन गर्ने गर्दछन् । यो प्राय बेलुका गर्ने गर्दछ । कथा वाचन पछि प्रसाद खानुपर्छ भनी भुटेको मकै, भटमास,गहँु, बदाम बाडेर खाने गर्दछन् । यो कार्य पहिले पहिले प्रत्येक घरमा हुन्थे तर अहिले कमैको घरमा गर्छन् । साँखुको सालीनदीमा दिनहुँ बिहान सबेरै नुहाई ब्रत बस्ने परम्परा परा पूर्वकाल देखि नै चलि नै रहेका छन् ।
बनेपामा माघ महिनामा माघ भजन गाउने चलन छ । यो भजन गाउने कार्य विहान ६ बजे चण्डेश्वरीमा नित्य भजन गरी दैनिक आरती सकि माघ भजन सुरु हुने गरेका छन् । यो भजन गाउदै चण्डेश्वरी मन्दिर देखि बनेपा बजार पुरै गाउँदै लायकुमञ्च पुगी फर्कि दक्षिनकालीमा (अन्त गर्दछ) विसर्जन गर्दछन् । यो भजन गाउने पौष शुक्ल पूर्णिमाको दिन शुरु भई माघ शुक्ल पूर्णिमाको दिन सम्म गरिन्छ । यस माघ भजन गाउनेहरुमा बनेपाको माथिल्लो टोलका सूर्यबहादुर वादे, प्रेमबहादुर शाके, वलबहादुर सैंजु, मानकाजी कटाल, आशाकाजी पोटे, नारायण कृष्ण सैंजु, कासीनाथ वादे, कृष्णभक्त पोटे, मोजमान मुख्या, वलबहादुर पोटे , रामभक्त प्रधान, रामभक्त मानन्धर, पञ्चकर्मी बज्राचार्य ।
त्यस्तै माघ भजन प्रति दत्रचित्र लगाई परम्परालाई कायम राखी नित्य बिहान माघ भजन गाउनेहरुमा तल टोलका रासलाल प्रधान, रामकृष्ण चौ प्रधान, भक्तिदास कारंजित, रामभक्त चौ प्रधान भजबनाइको धिन्नां गुर्जु, राम श्रेष्ठ व्याञ्जु, आसनारा भोछिभोया, लालभक्त भोछिभोया, चक्रमानवैदार, राम साहु श्रेष्ठ, लक्ष्मी कायस्थ, रामभक्त पाउरोटी, राजभाई लाखे, मोहनचा वाता,कायमसी भों, पोठाचा भों, जीवनचा लाटा, गणेश रंजित, प्रेम खुप्पा यी व्यक्तिहरु हुन् । अझ यसमा नाम उल्लेख गर्नुपर्ने धेरै छुटेको होला । माघ भजनमा पछिल्लो समयमा कुर्वानी गर्नेहरुमा मुख्य व्यक्तिको रुपमा राम गोपाल कायस्थ सेर्पा, पुष्पलाल व्याञ्जु महिला, राजेश राकके लम्बु, गोपाल राजवंशी, उद्यव तौजलेहरु हुन् । हाल आएर माघ भजनमा लाग्नेहरु रामकाजी सेवाचार्य, रामकाजी पुलबजार, राहुल श्रेष्ठ, श्रीभक्त वादे, कृष्णदेवी वनमाली, नानीमैया वैद्य, ऋषिराम श्रेष्ठ पुस्पराज पोटे उजेली पोटे । कुसुम सुवाल, कमला थु श्रेष्ठ, अम्बिका धु श्रेष्ठ रत्न तारा साके, निर्मला मानन्धर दिलबहादुर श्रेष्ठ, पंच वस्ताज, हाललाई माघ भजनको नेतृत्व गर्ने व्यक्ति पुस्पमाइला देखिन्छ ।
उसँग कसैलाई हेला गर्ने र कसैलाई बढी मान्यमा छैन । सबैमा समान व्यवहार गर्ने गरेको देखिन्छ, बुझिन्छ । यो लेख संकलन गर्ने सुर्य गोविन्द हो । माघ महिनाको जाडोलाई जाडो नमानि विहान ४ बजेदेखि उठी बनेपा बजार भुरशंख (बजाई) पूगी सबै माघ भजन प्रति सदभाव राखी सम्मिलित छन् । आह्वान गर्ने व्याक्जु महिला, रामचन्द्र वैदार, रुद्र तिमिला, प्रभुराम धु श्रेष्ठहरु प्रशंसनिय व्यक्तिहरु हुन् । यस्तै श्रदा सुमनका व्यक्तिहरुमा ९८ वर्षका गणेश रंजित। ९० वर्षका प्रेम खुप्पा, ८८ वर्षका केदार भक्त वादे, हाल सम्म पनि उँहाहरु भजनमा लागि रहनु भएकोमा धन्ये धन्ये हो । ७० वर्ष भन्दा माथिका व्यक्तिहरु पनि धेरै नै यस भजनमा लागिरहेका छन् । पहिले माघ भजन टोल विशेषमा गाउने र एक अर्कामा रीस राग दुर हुने हुँदा संख्यामा थोरै छन् । अहिले टोल विशेष नभई देशभरका महिला पुरुषमा भेदभाव छैन । त्यसैले अहिले विहान माघ भजन गाउन चण्डेश्वरी देखि बनेपा बनेपा दखिनकाली सम्ममा भजन गाउन लगाउनेहरु पुरुष महिला गरी ९।१० जनाले गाउने गर्दछन् । यो माघ भजन यसरी बिना भेदभावमा चल्दै भविष्य सम्म राम्रै चल्दै जाने परम्परा हुने छन् ।
