IMG-LOGO

जेसिजको संयुक्त पद हस्तान्तरण

 मंगल, माघ १७, २०७९  ---

       काभ्रे जेसिज, काभ्रे लेडी जेसीज, बनेपा जुनियर जेसीजको संयुक्त पद हस्तान्तरण, पुरस्कार वितरण तथा व्यक्तित्व सम्मान कार्यक्रम २०२३ आइतबार अरनिको पार्टी प्यालेस बनेपामा सम्पन्न भएको छ । बागमती प्रदेश सांसद कञ्चनचन्द्र वादेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा काभ्रे जेसिज वर्ष २०२२ का अध्यक्ष सञ्जिव मानन्धरले वर्ष २०२३ का अध्यक्ष सुमित मानन्धरलाई, काभ्रे लेडी जेसिज वर्ष २०२२ का अध्यक्ष सुमित्रा श्रेष्ठले वर्ष २०२३ की अध्यक्ष बुद्धलक्ष्मी मानन्धरलाई र बनेपा जुनियर जेसिज वर्ष २०२२ की अध्यक्ष सृष्टी शाक्यले वर्ष २०२३ की अध्यक्ष रोजा शिल्पकारलाई पद हस्तान्तरण गर्नुभयो । उक्त कार्यक्रममा स्वर्गीय राम श्रेष्ठ उत्कृष्ठ जुनियर जेसिज पुरस्कार २०२२ , स्व. लक्ष्मीरत्न शाक्य र सानु शोभा शाक्य उत्कृष्ट सक्रिय जुनियर जेसिज अवार्ड, नानीमाया जोशी उत्कृष्ट महिला जेसिज पुरस्कार २०२२, स्व. आत्मराम आचार्य उत्कृष्ट सहभागीता पुरस्कार २०२२ , स्व. गोपालभक्त राजवंशी उत्कृष्ट कार्यक्रम कोर्डिनेटर पुरस्कार २०२२, स्व. हरिकृष्ण वैद्य र गंगादेवी वैद्य उत्कृष्ट अनुशासित पुरस्कार २०२२ , स्व. खोम बहादुर गुरुङ  उत्कृष्ट सञ्चालक समिती सदस्य पुरस्कार २०२२  , राजेन्द्र जोशी उत्कृट जेसी पुरस्कार २०२२, स्व. राम श्रेष्ठ स्मृति उत्कृष्ट कार्यक्रम संयोजक २०२२, स्व. रत्नलाल मानन्धर स्मृति उत्कृष्ट सहभागीता पुरस्कार २०२२, स्व. आशाकाजी वैद्य उत्कृष्ट अनुशासित पुरस्कार २०२२ विभिन्न व्यक्तित्वहरुलाई वितरण गरिएको थियो । नेपाल जेसिज २०२३ का राष्ट्रिय अध्यक्ष विकास मानन्धर लगायत केन्द्रिय पदाधिकारीहरु, शाखाका पूर्व अध्यक्षहरु, सल्लाहकार सदस्यहरु, सहयोगी संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन काभ्रे जेसिज २०२३ का महासचिव रिकेश सैंजुले गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्