काभ्रेपलाञ्चोक जिल्लामा कार्यरत प्रम्ुख जिल्ला अधिकारी हुमकला पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार र सशस्त्र प्रहरीका एसपी सुरेन्द्र बुढाथोकीलाई ं फेरि भेटौला भन्दै विदाई गरिएको छ । जिल्ला समन्वय समिती काभ्रे र कर्मचारी मिलन केन्द्रको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा उहाँहरुले जिल्लाबासी नागरिकहरुको सेवामा पुर्याएको योगदानको कदर गर्दै स सम्मान विदाई गरिएको हो ।
जिल्ला समन्वय समिती काभ्रेका प्रमुख दिपककुमार गौतम, समन्वय उपप्रमुख रिमबहादुर तामाङ, मण्डनदेउपुर नगर प्रमुख टोकबहादुर वाइबा, पनौती नगर प्रमुख रामशरण भण्डारी, नमोबुद्ध नगर प्रमुख कुन्साङ लामा, बेथान्चोक गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना, जिल्ला स्थित कर्मचारीहरुको आधिकारिक टे«ड युनियनका अध्यक्ष राजकुमार हुमागाई लगायतका कार्यालय प्रमुखहरु, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना लगायतका पत्रकारहरु ले विदाई र सम्मान गरेका थिए । यसैगरी बनेपा नगरपालिकाले बुधबार एक कार्यक्रमका बिच काभ्रे जिल्लामा रहेर नागरिकहरुको शान्ति सुरक्षाको सवालमा र सेवा प्रवाहमा उल्लेखनीय सेवा पुर्याएको भन्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारलाई मायाको चिनो सहित प्रदान गरेर विदाइ गरेको छ ।कार्यक्रममा नगर प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख बिमला सापकोटा दाहाल प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमागाइ, वरिष्ठ प्रशासकीय अधिकृत धुव्रराज नेपाल र कर्मचारीहरुको उपस्थिती रहेको थियो । प्रजिअ पाण्डे सुनसरीको प्रमुख जिल्ला अधिकारी र सहायक प्रजिअ ललितपुरको सहायक प्रमुख जिल्ला अधिकारी भएर जिम्मेवारी समाल्ने हुनु भएको छ ।
