धुलिखेल नगरपालिकाको १२ औ अधिबेशन सम्पन्न भएको छ । नगर प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धुलिखेल नगरपालिकाको आर्थिक ऐन २०७९ प्रथम संशोधनका लागि बनेको विधेयक २०७९ पेश भई सर्वसम्मत रुपमा पास भएको छ । आर्थिक ऐन, २०७९ प्रथम संशोधनका लागि बनेको विधेयक २०७९ र नक्सापास सम्बन्धी कार्यविधि, २०७९ विधेयक पनि पेश गरी सर्वसम्मत पास भएको थियो । नगर उपप्रमुख निराजन जंगम र वडा अध्यक्ष अर्जुन न्यौपानेले विधेयक सभामा प्रस्तुत गर्नुभएको थियो ।
नगर सभामा बोल्दै नगर प्रमुख अशोक ब्याञ्जुले शुन्य कार्बन, स्वस्थ शहर, गरिबी न्यूनिकरण लगायतका महत्वपूर्ण विषयमा जनप्रतिनिधिहरुले खेल्नुपर्ने भुुमिकाका बारेमा जानकारी गराउनु भएको थियो भने सहभागि जनप्रतिनिधिले वडामा भएका समस्या र नगरपालिकाले खेल्नुपर्ने भुमिकाका बारेमा नगर सभामा ध्यानाकर्षण गराएका थिए । सभामा संस्थापक नगरप्रमुख बेलप्रसाद श्रेष्ठले धुलिखेल नगरपालिकाको शिक्षा, स्वास्थ्य खानेपानीको स्तरीय विकास गर्न सकेको अब देशकै नमुना शहरको रुपमा परीचित भएको कुरा विशेष सम्बोधनको त्र्रmममा बोल्नुभएको थियो ।
