IMG-LOGO

बनेपा नगर स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता

 मंगल, माघ १७, २०७९  ---

 

       बनेपा नगर स्तरीय चौथौ अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ सोमबार सम्पन्न भएको छ । बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको उपस्थितीमा उद्घाटन भएको उक्त प्रतियोगितामा भलिबल खेलमा छात्र तर्फ नेपाल प्रहरी प्रथम, बेलर एकेडेमी दोश्रो भयो भने छात्रा तर्फ एभरेष्ट एकेडेमी प्रथम, आजाद मावि दोश्रो हुन सफल भएको छ । कबड्डी खेलमा छात्र तर्फ बेलर एकेडमी प्रथम, नेपाल प्रहरी स्कुल दोश्रो भयो भने छात्रा तर्फ चेतन्य मावि प्रथम, ज्ञानकुञ्ज एकेडेमी दोश्रो हुन सफल भए । प्रतियोगितामा नगरका संस्थागत र सामुदायिक गरी १४ वटा विद्यालय सहभागी रहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख शिवराज त्रिपाठीले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख शान्तिरत्न शाक्यले खेलकुदले विद्यार्थीलाई अनुशासित बनाउनुको साथै शारीरिक रूपमा स्वस्थ्य बनाउन पनि मद्दत गर्ने भएकाले विद्यार्थी जीवनमा खेलकुदको धेरै महत्व भएको बताउनुभयो । बनेपास्थित लायकु मञ्चमा सञ्चालन भएको उक्त प्रतियोगितामा विजयी हुनेले रनिङ सिल्ड, ट्रफी र प्रमाणपत्र पाउने र उक्त सम्मान भोली नगरपालिकाको सभा हलमा प्रदान गर्ने प्रतियोगीता उपसमिती संयोजक एवं बनेपा वडा नं. ५ का वडाअध्यक्ष बलराम अधिकारीले जानकारी दिनुभयो । खेलकुद उद्घाटन कार्यक्रममा बनेपा नगरपालिका उपप्रमुख बिमला सापकोटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमेगाईं, शिक्षा शाखा प्रमुख शिवराज त्रिपाठी, वडाअध्यक्षहरु एवं खेल पारखीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्