काभ्रे÷ काभ्रेपलाञ्चोक जिल्ला, काठमाडौ जिल्ला र सूर्यविनायक नगरपालिकालाई कार्यक्षेत्र बनाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका ऋग् भ्हभअगतष्खभ ब्धबचम द्दण्द्दज्ञ र ऋग्ःक्ष् ब्धबचम प्राप्त गरी समुदायमा अपनत्व प्राप्त गर्न सफल विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. ले आ.ब. २०७९।०८० को अर्धवार्षिक समिक्षा एवं रणनीतिक कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठको सभापतित्व एवं संस्थाका निर्वतमान अध्यक्ष एवं सल्लाहकार प्रदिप थापाको प्रमुख अतिथित्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाको अर्धवार्षिक सम्ममा भएका कार्य प्रगति एवं अर्धवार्षिकमा लक्ष्य प्राप्तीमा देखिएका चुनौतीको छलफल र बाँकी अर्धवार्षिकमा संस्थाको लक्ष्य प्राप्तीका लागि अपनाउनु पर्ने रणनीति र कार्ययोजनाका बारेमा सेवा कार्यालयका कार्यालय व्यवस्थापकहरुले प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा विभागीय व्यवस्थापकहरुले विभागीय रणनीति र संस्थाका प्रमुख कार्यकारी अधिकृत के.बि लामाले संस्थाको एकमुष्ट कार्यप्रगति लगायत चालू अर्धवार्षिक अवधिमा लक्ष्य प्राप्तीका लागि अपनाउनु पर्ने रणनीतिका बारेमा स्पष्ट पार्नुभएको थियो ।
समष्टिगत कार्य प्रगतिको जानकारी गराउनुहुँदै प्रमुख कार्यकारी अधिकृत के.बी.लामा स्याङ्तानले संस्थाको २०७९ पौष मसान्तसम्ममा शेयर सदस्य संख्या ४७ हजार आठ सय ९९, शैक्षिक बाल बचत कर्ता ९ हजार चार सय १६ जना गरी कुल सेवाग्राही ५७ हजार तीन सय १५ जना पुगी संस्थाको कुल सम्पत्ति ४ अर्व ४१ करोड ६६ लाख पु¥याउन संस्था सफल भएको जानकारी गराउनु भयो ।
संस्थाको नवनिर्मित भवन बनेपामा सम्पन्न उक्त कार्यक्रममा संस्थाको संचालक समिति, लेखा तथा सुपरिवेक्षण समिति, ऋण लगानी तथा असूली उपसमिति, सेवा कार्यालय व्यवस्थापन उपसमितिका संयोजक एवं उच्च व्यवस्थापनको सहभागिता रहेको कार्यक्रमको संचालन संचालक समितिका सचिव डोरेन्द्रराज सापकोटाले गर्नुभएको थियो ।
