IMG-LOGO

गृहमन्त्री कसलाई बनाउने भन्ने अधिकार प्रम को हो ः महरा

 मंगल, माघ १७, २०७९  ---

 

              नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्री कसलाई बनाउने भन्ने विषय सरकारको भएको भन्दै त्यो प्रधानमन्त्रीले टुंग्याउने बताएका छन् । सोमबार पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले यस बिषयमा पार्टीमा छलफल नभएको जनाए । ‘गृहमन्त्रीको विषयमा प्रवेश नै गरिएन, यो सरकारको विषय हो’, महराले भने, यो पार्टीले टुंग्याउने कुरा होइन ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि सञ्चारकर्मीले यसबारे जिज्ञासा राखेका थिए । गृहमन्त्री कसलाई बनाउनुहुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले ‘बनाएपछि थाहा हुन्छ’ भन्ने जवाफ दिएका थिए । 

              अमेरिकी नागरिकता त्यागेर नयाँ नागरिकता नलिएको भन्दै माघ १३ गते, सर्वोच्च अदालतले गृह मन्त्रालय सम्हालेका रवि लामिछानेको सांसद पद खारेज गरिदिएको थियो । सर्वोच्चको फैसलापछि लामिछानेले प्रधानमन्त्री समक्ष राजीनामा दिएका थिए । उनको राजनीमा पछि गृह मन्त्रालय जिम्मेवारी प्रचण्ड स्वयंले सम्हालिरहेका छन् । पुनः नागरिकता प्राप्त गरेसँगै लामिछाने गृह मन्त्रालयमा दोहोरिन चाहेका छन् । तर, प्रधानमन्त्री प्रचण्डले निर्णय दिएका छैनन् । रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन एमाले अध्यक्ष केपी ओली भने सकारात्मक छन् । सोमबार बालुवाटारमा प्रम प्रचण्डलाई भेटेर रविलाई गृहमन्त्री बनाउन सुझाएका छन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्