जिल्ला अदालत काभ्रेले विभिन्न समयमा कैद तथा जरिवाना ठहर भइ फरार रहेका ६ व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले खोजतलासको क्रममा पक्राउ गरेको छ । २०७९ माघ ६ र १३ गते गरी पक्राउ गरेको हो ।
वर्ष ४२ को सानुकुमार तामाङ, वर्ष ४० को श्रीराम तामाङ, वर्ष ४२ को मिलन परियार, वर्ष ३४ को सागर पराजुली, वर्ष २९ को राजु लामा र वर्ष ४० को यादवराज पौडेल गरी ६ जनालाई जिल्ला प्रहरी काभ्रेको टोलिले पक्राउ गरी थुनामा राखेको प्रहरी नायब उपरीक्षक अन्जना श्रेष्ठले बताउनुभयो ।
