लायन्स क्लब अफ बनेपा काभ्रे बनेपा र नेपाल हृदय रोग प्रतिष्ठान काभ्रेको संयुक्त प्रयासमा बनेपा मै मुटुरोगको परीक्षण सेवा शनिबार लायन्स भवन घोगेचौरबाट प्रारम्भ गरिएको छ । बनेपा हर्ट क्लिनिकको नामबाट मुटुरोग विशेषज्ञद्धारा हरेक हप्ता नै परीक्षण गरिने कुरा नेपाल हृदय रोग निवारण प्रतिष्ठान काभ्रेका अध्यक्ष अशोक श्रेष्ठले बताउनुभयो । लायन्स क्लब अफ काभ्रेका पूर्व अध्यक्ष एवं सामाजिक क्रियाकलापका अगुवा रामराजा घौभडेल, महेन्द्र लाल श्रेष्ठ, भवसागर रञ्जीत, अमन पोटे, बिधान जोशी, सुशन राजवंशी, मणिकुमार तुम्रोक, उमेशभक्त भोछिभोया र वर्तमान लायन्सका अध्यक्ष पदम सुन्दर श्रेष्ठ र व्यवसायीहरु र स्थानीयबासिन्दाको समेत आर्थिक सहयोगमा लायन्स कर्डियो क्लिनिक सञ्चालन भएको हो । शनिबारदेखि प्रारम्भ भएको मुटु परीक्षण सेवामा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रकाश रेग्मीले ३० जनाको परीक्षण भएको थियो । आगामी हप्तादेखि वरिष्ठ मुटुरोग विशेषज्ञ र मुटुरोग विशेषज्ञबाट नियमित मुटु परीक्षण सेवा सञ्चालन हुने जनाएको छ ।
