वातावरण अनुकुलन विश्व निर्माणमा ब्चअतष्अ अष्चअभि र २०२३ आबुधाबी दिगो विकास सप्ताहमा ध्यानआकर्षण गर्न हिन्दुकुश क्षेत्रको वातावरण र मौसमी परिवर्तनलाई स्थानीकरण गरी दिगो लक्ष्य प्राप्ती गर्न कार्यक्रमको आयोजना गरिएको हो । उक्त फोरममा निवर्तमान नगरपालिका संघका निवर्तमान अध्यक्ष एवं धुलिखेल नगरपालिका नगर प्रमुख अशोक व्याञ्जुले वातावरण मौसम सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभयो । विश्वका देशहरुमा देखापरेका वातावरणीय प्रतिकुल असरहरुका बारेमा सम्बन्धित सरोकारवाला निकायहरुका प्रतिनिधि सँग वातावरणीय परिस्थितिका बारेमा साझा धारणाहरु सार्वजनिक गरिएको थियो । नगरप्रमुख व्याञ्जुले वातावरणीय प्रतिकुलताको असरले नेपालमा समेत तापक्रम घटबढ कृषि क्षेत्रमा नकरात्मक असर, वर्षात अनिमियतता भएको कारण थप समस्याहरुको सामना गर्नु परेको कुरा उल्लेख गर्नुभयो । वातावरणीय प्रतिकुलको यो अवस्था विश्व भरनै देखिएको कारण यसलाई न्यूनिकरण गर्ने तर्क सबै सचेत भई लाग्नुपर्ने तर्क नगरप्रमुख व्याञ्जुले गर्नुभयो । धुलिखेल नगरलाई सफा सुग्घर गरी सुन्दर राख्न ढल निकासको उचित व्यवस्थापन, नगर हरियाली अभियान गुणस्तरीय खानेपानीको प्रबन्ध गरी नगरको दिगो विकासमा प्राथमिकता दिएको नगर प्रमुख व्याञ्जुले उल्लेख गर्नुभयो । धुलिखेल नगरले २०३० सम्ममा कार्बन उत्सर्जन सुन्य पुर्याउने बस, गाडिमा पेट्रोलियम पदार्थ प्रयोगमा न्यूनिकरण गर्ने काठमाण्डौ विश्वविद्यालयको सहकार्यमा धुलिखेल नगरको सञ्चालनमा हाइट्रोजन इन्धनमा आधारित सवारी साधनको परियोजना सञ्चालन गर्ने समेत बताउनुभयो । त्यस्तै गरी विद्युतीय सवारी साधन सञ्चालनमा प्रोत्साहित गर्ने कुरा नगर प्रमुख व्याञ्जुले भन्नुभयो ।
