आभाष बचत तथा ऋण सहकारी संस्था लि बनेपाको आयोजना र रेयुकाई मासुनागा आँखा अस्पतालको प्राविधिक सहयोगमा बुधबार आँखा शिविर सम्पन्न गरेको छ । बनेपा नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष हिटलर शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न आँखा शिविरमा स्थानीय र शेयर सदस्यहरु गरी १ सय ८७ व्यक्तिहरुले आँखा जाँच गरेको कुरा संस्थाका सचिव प्रकाश कायस्थले काभ्रेटाइम्सलाई जानकारी दिनुभयो । संस्थाका अध्यक्ष दिनेश राज कायस्थले आभाष साकोसले छोरी अभियान राहत वितरण, रक्तदान, सुत्केरी भेटघाट, आँखा शिविर, स्वास्थ्य शिविर, त्यस्तै गरी सहकारीको स्थापना दिवस र हरेक नयाँ वर्षको दिन शिर मेमोरियल अस्पतालमा जन्मेको छोरीलाई नगद सहित सम्मान गर्दै आएको बताउनुभयो । आँखा परीक्षण भएका मध्ये १० जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको नेत्र सहायक निलम कुसीले बताउनुभयो । मोतियाविन्दु भएका जेष्ठ नागरिकहरुको शल्यक्रिया, स्वास्थ्य परिक्षण निःशुल्क गर्ने कार्य बनेपा नगरपालिका र रेयुकाई आँखा अस्पतालले हरेक वर्ष गर्दै आएको छ । आँखा शिविरमारेयुकाई आँखा अस्पतालका काउन्सिलर सोभा आचार्य र कृपा श्रेष्ठले आँखा जाँच गर्नु भएको थियो । आभाष साकोसले गरिब तथा जेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति, सामाजिक क्रियाकलाप निरन्तर रुपमा गर्दै आएको कुरा संस्थाका प्रमुख व्यवस्थापक सुवास वैद्यले बताउनुभयो ।
