IMG-LOGO

चण्डेश्वरी साकोसको एक्सेस ब्राण्ड सेलिब्रेसन

 मंगल, माघ १०, २०७९  ---

      बनेपाको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले शनिबार एक्सेस ब्राण्ड सेलिब्रेसन कार्यक्रम सम्पन्न गरेको छ । बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि शाक्यले सहकारी क्षेत्रमा देखिएको विकृति अन्त्य गर्न नगरपालिकाबाट काम थालिएको र सहकारीसँग आवद्ध रहेका संघ संस्थाहरुले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । व्यक्तिमा आधारित नभई निति, विधि, पद्धतीमा सहकारी संस्थाहरु चलेको खण्डमा समस्या उत्पन्न नहुने उहाँको भनाइ थियो । सन् २०२२ । ०२३ मा एसीयाली स्तरको स्तरीकरण कार्यक्रम अन्र्तगत काभ्रेको चण्डेश्वरी सहकारीले एक्सेस ब्रोञ्ज (कास्य स्तरं) ब्राण्ड प्राप्त गरेको जनाइएको छ ।  सहकारीका अध्यक्ष नवीनभक्त वादेको अध्यक्षतामा सम्पन्न भएको सेलेबे्रसन कार्यक्रमलाई नेफ्स्कुनका सदस्य जीवसराज खड्का, स्थिरीकरण कोषका सदस्य प्रकाश बञ्जारा, बागमती प्रदेश बचत संघका अध्यक्ष उद्धव सापकोटा, जिल्ला बचत संघका अध्यक्ष जितेन्द्र नकर्मी, संस्थाका सल्लाहकार इन्द्रनारायण भैल लगायतले चण्डेश्वरी साकोसले प्राप्त गरेको उपलब्धीको उच्च प्रशंसा गर्नुभएको थियो । संस्थाका कार्यकारी अधिकृत झलेन्द्रप्रसाद दाहालले संस्थाको प्रगती र योजनाका  बारेमा जानकारी गराउनुभयो  । पछिल्लो पटक वि.सं. २०७६ नेपालका २६ सहकारीले ब्राण्ड पाएको भएतापनि यस वर्ष त्यसलाई चण्डेश्वरी साकोसले मात्र निरन्तरता दिएको थियो । वित्तिय पक्ष, सदस्यता पक्ष, आन्तरिक कार्य सञ्चालन प्रक्रिया र सिकाइ तथा वृद्धि पक्षको अनुगमन गरी एसियाली ऋण महासंघ र नेफ्स्कुनले ब्राण्डिङ अर्वाड दिने गर्दछ । यसैवर्ष बागमती प्रदेशको उत्कृष्ट सहकारी संस्थाको रुपमा चण्डेश्वरी साकोस पुरस्कृत भएको बताइएको छ । सह सचिव रोशन राजवंशीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सचिव बुद्धरत्न मानन्धरले गर्नुभएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्