IMG-LOGO

रक्तदान गर्नेहरुलाई सम्मान

 मंगल, माघ १०, २०७९  ---

            नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखा रक्त सञ्चार सेवा समितीले एक कार्यक्रमका बिच सबैभन्दा धेरै रक्तदान कार्यक्रम सञ्चालन गर्ने संस्था, धेरै पटक रक्तदान गर्ने रक्तदाता लाई शुक्रबार सम्मान गरेको छ । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त सम्मान कार्यक्रममा  काभ्रे जिल्लाको रोशीमा  जन्म भई हाल अमेरिका बसोबास गर्दै आउनुभएका रक्तदाता अर्जुन मैनालीले नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको लागि पठाएको १ लाख ३० हजार रकम हस्तान्तरण गरिएको थियो । २ लाख रुपैयाँको अक्षयकोश स्थापना गरि आगामी वर्षहरुमा धेरै पटक रक्तदान गर्ने रक्तदाता र रक्तदान कार्यक्रम आयोजना गर्ने संस्थाहरुलाई सम्मान गर्ने तयारी गरिएको नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखाका उपमन्त्री राजु सिग्देलले जानकारी दिनुभयो । उक्त अवसरमा रक्तदाता मैनालीले रोशी गाउँपालिकालाई रक्तदान कार्यक्रम सञ्चालन गर्न पठाउनुभएको २५ हजार रुपैया रोशी गाउँपालिका अध्यक्ष दिनेश लामालाई हस्तान्तरण गरिएको थियो । विश्व रक्तदाता मैनालीले २ सय ५ पटक रक्तदान गरी ६ वटा महादेशका २० भन्दा बढी देशहरुमा रक्तदान गर्नुभई रक्तदाताहरुलाई उत्प्रेरणा प्रदान गर्नुभएको छ । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेशका निर्देशक यज्ञ प्रसाद अधिकारी, ब्लोदानका केन्द्रिय कोषाध्यक्ष मचकाजी मर्हजन, स्मार्ट हेल्थकी मनिशा श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । रक्तसञ्चार समितीका संयोजक अनन्त कृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी काभ्रेका उपसभापति देवेन्द्र प्रसाद भैलले स्वागत मन्तव्य राख्नुभयो भने कार्यक्रमको सञ्चालन उपमन्त्री राजु सिग्देलले गर्नुभएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्