IMG-LOGO

एमालेका देवराज घिमिरे सभामुखमा, रास्वपाकी इन्दिरा राना उपसभामुख

 मंगल, माघ १०, २०७९  ---

 

            पाँच दशक देखि कम्युनिष्ट आन्दोलनमा अहम भुमिका खेलेका देवराज घिमिरे सभामुखमा निर्वाचित हुनुभएको छ । प्रतिनिधि सभाको बिहिबारको बैठकमा युवराज घिमिरेलाई बैठकमा उपस्थित २ सय ६८ सांसद मध्ये १ सय ६७ सांसदले पक्षमा मतदान गरेका थिए । झापा विर्तामोडका ६६ वर्षिय घिमिरे प्रतिनिधि सभाको पहिलो यात्रा मै उच्च ओहदामा पुग्न सफल हुनुभएको छ । त्यस्तैगरी उहाँको प्रतिस्पर्धामा काग्रेसकी नेतृ इश्वरी न्यौपानेले एकसय मत प्राप्त गर्नुभएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी युवा नेतृ इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित हुनुभएको छ । समाज सेवामा सक्रिय रानामगर सत्ता गठबन्धनको साझा उम्मेदवार हुनुहुन्थ्यो । शनिबार भएको प्रतिनिधि सभा बैठकमा उपस्थित २ सय ६४ सांसद मध्ये १ सय ६६ सांसदले इन्दिरा राना मगरलाई मतदान गरेका थिए । उनको प्रतिस्पर्धामा उत्रेकी काँग्रेसकी नेतृ मुक्ताकुमारी यादवले ९७ मत प्राप्त गर्नुभएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्