बनेपा,
आभाष बचत तथा ऋण सहकारी संस्था लि. बनेपाले छोरी अभियान वापतको रकम संस्थाको स्थापनाको दिन जन्मेको छोरीलाई हरेक वर्ष १० हजार रकम हस्तान्तरण गर्दै शीरमेमोरियल अस्पतालमा नव वर्षमा जन्मने पहिलो एकजना प्रत्येक वर्ष मंसिर १४ गते आभाष साकोसको जन्म उत्सवको दिन जन्मने पहिलो एकजना छोरीलाई संस्थाले रकम दिदैँ आएको संस्थाका प्रमुख व्यवस्थापक शुवास बैद्यले जानकारी दिनुभयो । यस वर्षको छोरी अभियानको रकम बनेपा–८ का बाबु विसाल काफ्ले र आमा निम्मु श्रेष्ठको छोरीलाई संस्थाका अध्यक्ष दिनेशराज कायस्थले १० हजारको चेक हस्तान्तरण गर्नुभयो । “स्वास्थ्य र समुन्नत समाज” र लैङ्गिक समानता हासिलका निम्ति आभाष साकोसले छोरी अभियान योजना अघि सार्दै आएको हो ।
