IMG-LOGO

इन्टरनेशनल करातेमा काभे्रका दिनेशलाई स्वर्ण पदक

 मंगल, माघ १०, २०७९  ---

 

      बंगलादेशमा भएको चौथो इन्टरनेश्नल ओपन कराते च्याम्पेनसिप २०२३ प्रतियोगितामा नेपालबाट सहभागिता जनाउनुभएका काभ्रेका दिनेश अमात्यले स्वर्णपदक प्राप्त गर्नुभएको छ । काभ्रे कराते एकेडेमी र बनेपा सोसियल काउन्सिलका सदस्य समेत रहेका दिनेशले खेलकुद क्षेत्रबाट नेपालकै नाम उच्च राख्न सहयोग पुर्याउनुभयो । उक्त कराँते प्रतियोगितामा नेपाल, इण्डिया, बंगलादेश, भुटान, श्रीलंका र जापान सहित ६ देशका ३७० जनाले भाग लिएका कुरा बनेपा सोसियल काउन्सिलका सल्लाहकार साजन मुस्याजुले जानकारी दिनुभयो । बाङ्लादेशले सुवर्ण १४, सिल्भर २४ र ब्रोज १८ गरी पहिलो भएको छ अनि नेपाल सुवर्ण ६, सिल्भर १० र ब्रोज ७ गरी दोस्रो स्थान हासिल गरेको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्