‘स्वास्थ्य जीवनको चाहानाः योग शिक्षा साधना’ को नारा सहित, जिल्ला प्रशासन कार्यालय, धुलिखेल– काभ्रे र आयुर्वेद स्वास्थ्य केन्द्र बनेपा काभ्रेको आयोजनामा यहि २०७९ माघ १ गते मकर संक्रांतिको पुण्य तथा पावन दिनको विशेष उपलक्ष्यमा हंसदा योग आश्रमले आठौं राष्ट्रीय योग दिवसको कार्यक्रमा योगको अभ्यास र ध्यान साधनाका साथ स्वस्थ र आरोग्य जीवनका लागि योग र आयुर्वेद विषयमा सम्बन्धी अध्यात्मिक गोष्ठी कार्यक्रम संचालन गरेको छ । हंसदा योगआश्रम तथा एकात्मता अनन्तकोटी अखण्ड वैदिक पांचायन महायज्ञको समेत वार्षिक उत्सवमा रहेको उक्त समारोह प्रमुख जिल्लाअधिकारी हुमकला पाण्डेज्यूको अध्यक्षतामा संचालन भएको थियो । जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र, बनेपा– काभ्रेका संयोजक डा. वशंम्बदा कौडाण्डिन्ययानीवाट योग तथा आयुर्वेदिक विषयमा महत्वपूर्ण मन्तव्यका साथ कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।
आयुर्वेदिक स्वास्थ्य सेवाको लागि जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र, बनेपा– काभ्रेवाट स्वास्थ्य सेवाको लागि आवश्यक सहयोग र समन्वय गरिरहेको विचार व्यक्त गर्नु भयो । कार्यक्रममा; आश्रमका गुरुहरु स्वामी निलकण्ठ बाबा, ऋषिकुमार पंचशील, ऋषिकुमारप्राणमूर्ति, स्वामी शषीभाष्करम द्वारा हठ–योगका आसनहरुको अभ्यास, प्राणायाम र ध्यान साधनाको अभ्यास एवं राष्ट्रीय योग दिवससम्वन्धि विषयमा प्रकाश पार्दै सारगर्भित मन्तव्यका साथ आध्यात्मिक प्रवचन दिनुभएको थियो । मायाँवादे श्रेष्ठ, मुनेश्वर कायस्थ, वच्चुरामआचार्य, पुष्पकाजी श्रेष्ठ र हिन्दु स्वयंसेवक सानुकाजी नारकोटिक एवं स्वयंसेवक भाई वहिनि हरुको सहभागीता रहेको थियो । २०७९ पौष २५ गते सोमवारको विशेष अवसरका दिन पनि नेपाल सरकार र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको राष्ट्रीय योगदिवस –२०७९ को सप्ताह–व्यापी कार्यक्रम सम्पन्न गरिएको थियो ।
