८ औ राष्ट्रिय योग दिवसको अवसरमा पतंजली योग समिती काभ्रे महिला पतंजली योग अभ्यास लगायतका कार्यक्रमहरु सम्पन्न भयो । शनिबार बिहान प्रभातफेरि कार्यक्रममा पतंजली योग समिती बागमती प्रदेश प्रमुख ग्रुवेन तौजले बनेपा वडा नं. ५ का अध्यक्ष बलराम अधिकारी, ७ वडाका अध्यक्ष हिटलर शाक्य र वडा नं. १० का वडा अध्यक्ष चन्द्र बहादुर खड्का, पतंजली योग पिठका कर्पोरेट सदस्य उद्धवप्रसाद तिमल्सिना योग अभ्यासको उपयोगिताको बारेमा मन्तव्य राख्नुभएको थियो । सबै योग साधना केन्द्रहरुबाट १ सय ८ सूर्य नमस्कार अभ्यास गरिएको थियो । पतंजली योग समिती बागमती प्रदेश सदस्य दमनकुमार श्रेष्ठ, योग प्रेमीहरुको प्रभातकालीन प्रभातफेरीमा गरी बनेपा परिक्रमा गरिएको कुरा सहजकर्ता प्रकाश कायस्थले जानकारी दिनुभयो । पतंजली योग समिती काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
