IMG-LOGO

धुलिखेल उद्योग वाणिज्य संघको ३१ औ साधारण सभा

 मंगल, माघ ३, २०७९  ---

      धुलिखेल उद्योग वाणिज्य संघको ३१ औ वार्षिक साधारण सभा केन्द्रिय उपाध्यक्ष दिनेश श्रेष्ठको प्रमुख आतिथ्यतामा शनिबार धुलिखेलमा सनराइज होटलमा सम्पन्न भयो । कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि दिनेश श्रेष्ठले सरकार उद्योगी व्यवसायीको सम्बन्ध नङ र मासु जस्तो हुनुपर्नेमा त्यस्तो हुन नसकेको उल्लेख गर्नुभयो । व्यापार व्यवसाय फस्टाउन र रोजगारीको श्रृजना गर्न उद्योगी व्यवसायीको समस्यालाई सम्बोधन गरेर कर छुटको प्रबन्ध र बैक ब्याजमा १० प्रतिशत भन्दा कम नगरिन्जेल सा व्यवसायीले लगानी बढाउन नसक्ने कुरा प्रमुख अतिथि दिनेश श्रेष्ठले बताउनुभयो । धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जुकुमार कोजुले स्वागत मन्तव्य दिदै भन्नुभयो । व्यापार व्यवसाय प्रवद्र्धन गर्न, व्यवसायीहरुको हक हितको लागि कार्य गर्दै आएको बताउनुभयो । काठमाण्डौ विश्वविद्यालयका उपकुलपति डा. भोला थापा, केन्द्रीय उपाध्यक्ष रामचन्द्र साङघाई नेपाल उद्योग वाािण्ज्य संघ बागमती प्रदेश अध्यक्ष दिल सुन्दर श्रेष्ठ, सहायक जिल्ला प्रमुख अधिकारी अमर दिप सुनुवार, जिल्ला समन्वय समिती काभ्रेका उपप्रमुख रिम बहादुर लामा काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पसछें नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना नेपाल वार काभ्रेका अध्यक्ष विष्णु प्रसाद सापकोटा लगायत व्यवसागयीहरुको सहभागीता रहेको थियो । कार्यक्रमा संघका कोषाध्यक्ष बुद्धराम श्रेष्ठले आ.व ०७८।०७९ को लेखा परिक्षण प्रतिवेदन, महासचिव कोमलसुन्दर श्रेष्ठले प्रगति प्रतिवेदन तथा भावि कार्ययोजना प्रस्तुत गर्नुभयो । ४९ लाख ५ हजार ९ सय ७९ आय व्यय विवरण प्रस्तुत गरेको थियो । कार्यक्रमको सञ्चालन उपाध्यक्ष अनन्त कृष्ण श्रेष्ठले गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्