IMG-LOGO

बागमती प्रदेशको सभामुखमा भुवन

 मंगल, माघ ३, २०७९  ---

 

      बागमती प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य एवं महामन्त्री समेत रहनुभएका भुवन पाठक निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनबाट उम्मेदवारी दिनुभएका पाठकले उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार शिवराज अधिकारीलाई पराजित गरी ६२ मत प्राप्त गरी भुवन पाठक निर्वाचित हुनुभएको हो । प्रर्तिस्पर्धी कांग्रेसका अधिकारीले भने ३६ मत प्राप्त गर्नुभएको थियो । सभामुखका अर्का उम्मेदवार नेपाल मजदुर किसान पार्टीको श्रृजना सैंजुले ३ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै गरी नेकपा एकीकृत समाजवादीले भने मतदान प्रक्रियामा सामेल भएन । बागमती प्रदेशमा १ सय १० कुल सांसद मध्ये जेष्ठ सदस्य बाहेक १ सय ८ जनाले मतदानमा सहभागिता रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्