IMG-LOGO

एमनेष्टी इन्टरनेश्नल ४३ समूहको ३१ औ साधारण सभा

 मंगल, माघ ३, २०७९  ---

एमनेष्टी इन्टरनेश्नल समूह ४३ बनेपाको ३१ औ साधारण सभा तथा अधिवेशन शनिबार सम्पन्न भयो । एमनेष्टी इन्टरनेश्नल नेपालका निवर्तमान अध्यक्ष विक्रम ढुकुछु, केन्द्रिय सदस्य मञ्जु विश्वकर्मा लगायतको आतिथ्यता रहेको थियो । पूर्व संयोजक उत्तम मानन्धरले स्वागत मन्तव्य दिनु भएको कार्यक्रममा कोषाध्यक्षको प्रतिवेदन रमेश रञ्जित, वार्षिक प्रतिवेदन सहसचिव प्रेमा दवाडी रञ्जीत प्रस्तुत गर्नुभएको थियो । समुह ४३ का संस्थापक संयोजक राजु सरकार, पनौती महिला समुहकी संयोजक गिता तिमल्सिना, समुह ४३ का पूवर्व संयोजक टिकाभक्त भोछिभोया, राजन भालु र सिद्धिगोपाल मानन्धर लगायतको आतिथ्यता रहेको थियो । उक्त ३१ औ साधारण सभाले बुद्धिमान जोशीको संयोजकत्वमा ९ सदस्यीय कार्यसमिती निर्वाचित गरेको छ । उपसंयोजक विश्वमा श्रेष्ठ, सचिव सुरज मकै श्रेष्ठ, कोषाध्यक्ष प्रेमा दवाडी रञ्जित, सहसचिव साधुराम गिरी, सदस्यहरुमा देवीप्रसाद गौतम, रमेश रञ्जित, सुरज केसी र राजेश्वर श्रेष्ठ रहनु भएको छ । निर्वाचन समितीका संयोजक सिद्धिगोपाल मानन्धरले निर्वाचित कार्य समितीको घोषणा गर्नुभएको थियो । समुह ४३ का संयोजक बुद्धिमान जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन बुद्धरत्न मानन्धरले गर्नुभएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्