नाल्दुम नगरकोट जेसिजको ९ औ अधिवेशनबाट वर्ष २०२३ का लागि धनपति दाहालको अध्यक्षतामा नयाँ कार्यसमिती निर्विरोध निर्वाचित भएको छ । जसको कार्यकारीणी उपाध्यक्षमा शुभराज तिमल्सिना, एलिशा माकजु, उपाध्यक्षमा उज्वल प्रधान, विशाल ढकाल, परिक्षण हुमागाइ , पुजन धिताल, महासचिवमा दिपा लामा, कोषाध्यक्षमा देवेन्द्र घिमिरे, कानुनी सल्लाहकारमा आशा देवान श्रेष्ठ चयन हुनुभएको छ । निर्वाचित पदाधिकारीहरुले एक कार्यक्रमका बिच पद तथा गोपनियताको शपथ लिएका छन् ।
