IMG-LOGO

प्राचीन बनेपा महोत्सव सम्पन्न

 मंगल, माघ ३, २०७९  ---

      प्राचीन बनेपा महोत्सव आइतबार सम्पन्न भएको छ । बागमती प्रदेश सांसद कञ्चनचन्द्र वादेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त महोत्सवमा सांस्कृतिक संगीत, नृत्य, सांस्कृतीक खाद्य स्टल, नेवारी सुकुल भोज, कला र फोटो प्रर्दशनी, रञ्जना लीपि लेखन, स्थानीय उत्पादन प्रर्दशन, दफा भजन, किपा प्याखः , लाखे नाच लगायतका विविध कार्यक्रम गरिएको थियो । प्राचीन बनेपाको ऐतिहासिकता लाई प्रचार गराउन र विश्वसामु चिनाउनको लागि प्राचीन बनेपा अर्थात (भ्वतः महोत्सव) गरिएको आयोजक संस्था काभ्रे उद्यमी युवा मञ्चका अध्यक्ष सरोज काजी श्रेष्ठले जानकारी दिनुभयो । ऐतिहासिक महत्त्व बोकेको बनेपाको प्राचीन सम्पदा र संस्कृतिको प्रर्बद्धन र संरक्षणका लागि बनेपा (प्राचीन नेवारी शब्द भ्वतः) महोत्सवको आयोजना गरिएको हो । कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख बिमला सापकोटा,आर.पी फाउण्डेशनका रबिन्द्र पूरी, किवानिज क्लबका अशोक श्रेष्ठ, वरिष्ठ साहित्यकार मोहन दुवाल लगायतको उपस्थिती रहेको थियो । महोत्सवले धार्मिक , सांस्कृतिक एवं पर्यटनको विकासमा टेवा पुग्ने भन्दै नगर स्तरीय संरक्षित सम्पदा क्षेत्र घोषणा गर्ने एवं निति नियम तर्जुमा गराउनुको साथै यस क्षेत्रलाई प्राचीन बनेपा सांस्कृतिक क्षेत्र पहिचान गराउने अध्यक्ष सरोज काजी श्रेष्ठले जानकारी दिनुभयो  । कार्यक्रममा नृत्य निर्देशक संघ, बनेपा कला परिषदको सहकार्यमा मौलिक लोक नृत्य तथा विविध सांस्कृतिक कार्यक्रम समेत सम्पन्न भएको थियो ।   

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्