IMG-LOGO

जग्गाको वर्गिकरण गरेका स्थानीय तहको कित्ताकाट खुल्यो

 मंगल, माघ ३, २०७९  ---

      काभ्रे जिल्लामा भूउपयोग नीति र वर्गीकरणको मापदण्ड पुरा गरेका पालिकाहरुमा जग्गाको कित्ताकाट २०७९ माघ २ गतेदेखि खुल्ने भएको छ । मालमोप कार्यालय धुलिखेल काभ्रेले माघ २ गते देखि जग्गाको कित्ताकाट खुल्ने सूचना जारी गरेको छ । मालमोत अधिकृत गंगाप्रसाद पोखरेलले भन्नुभयो बनेपा र धुलिखेल नगरपालिकाले जग्गाको वर्गीरण गरेकाले यी दुई कित्ताकाट खुलेको जानकारी दिनुभयो । वर्गीकरण सकाएका स्थानीय तहलाई पत्र पठाएको जनाएको छ । घरबाटो सिफारिसमा एकरुपता हुनुपर्ने भएकाले वडा तहबाटै निश्चित ढाँचाको फारम भरेर घर बाटो तथा जग्गा वर्गीकरण सिफारिस पठाइदिन अनुरोध गरेको छ । धुलिखेल, बनेपा नगरपालिका, चौरी देउराली , खानीखोला गाउँपालिकाले जग्गा वर्गीकरण गरेर पठाएका थिए । चौरीदेउराली र खानीखोला गाउँपालिकाको जग्गामा समस्या देखिएकाले पुनः वर्गीकरणको लागि पठाएको जनाएको छ । अन्य पालिकाले भने हिजो सम्म जग्गा वर्गीकरण गरेको निवेदन मालपोत कार्यालय काभ्रेलाई पठाएका छैनन् । मालपोत अधिकृत पोखरेलले भन्नुभयो । भूउपभोग निति २०७९ कार्यान्वयन आइसकेकोले जग्गा वर्गीकरण भइसकेका स्थानीय तहहरुबाट भूउपयोग परिषदको निर्णय अनुसार सबै कित्ता जग्गाको जग्गाधनी श्रेस्ता पूर्जा नक्सामा अध्यावधिक गरेर मात्र सेवा  प्रवाह गर्नुपर्ने भएकाले अनिवार्य रुपमा २०७९ साल माघ २ गतेबाट खुल्ला गरिने मालपोत कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरेको छ । लिखित रजिष्टेशन पास बैंक तथा वित्तिय संस्थाहरुको रोक्का नामसारी लगाएत अन्य निवेदन सम्बन्धि सेवा भूउपयोग वर्गिकरण क्षेत्र खुल्ने गरी स्थानीय तहबाट सिफारिस आए पश्चात मात्र सेवा प्रवाह गरिने मालपोत कार्यालयले जनाएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्