IMG-LOGO

हवाइ दुर्घटनामा निधन पत्रकारको सम्झनामा दिप प्रज्वलन

 मंगल, माघ ३, २०७९  ---

      आइतवार पोखरामा भएको यति एयरको एटि–आर ७२ को विमान दुर्घटनामा दिवंगत हुनुभएका दुई जना पत्रकार लगायत सबै यात्रीको सम्झनामा सोमवार साझ बनेपाको चारदोबाटोमा दिप प्रज्ज्वलन गरिएको छ । नेपाल पत्रकार महासंघ काभ्रे शाखाले नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य त्रिभुवन पौडेल र पोखरामा सञ्चालित एपोस्टल एफ एम का अनिल शाही लगायत सबैको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रञ्जलि अर्पण गरेको छ ।

      कार्यक्रममा जिल्ला समन्वय समिति कार्यका प्रमुख दिपक गौतम, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, महाभारत गाउपालिका उपप्रमुख सागर मोक्तान, पत्रकार महासंघ काभे्र शाखाका पूर्व अध्यक्ष भोजराज तिमल्सिना, इश्वरी ओझा, निवर्तमान वर्तमान कार्यसमितिका पदाधिकारीहरु निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना, वर्तमान अध्यक्ष बद्रिराज तिमल्सिना, जिल्ला प्रहरी कार्यालय काभ्रे प्रमुख चक्रराज जोशी लगायत सञ्चारकर्मी, उद्योगी व्यवसायी लगायतको उपस्थिति रहेको थियो । शोकसभामा नेपाल पत्रकार महासंघका अध्यक्ष वद्रिदराज तिमल्सिनाले शोक मन्तव्य राख्नुभएको थियो

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्