प्राचीन भोत महोत्सवको अवसरमा कीवनिस क्लव अफ काभ्रे नेपालद्वारा आयोजना गरिएको बनेपा नगरपालिका भित्रका विद्यार्थी भाइबहिनीहरु तथा क्रियटिभ सहकारीका बाल बचतकर्ता भाइबहिनीहरू गरी दुई समूहमा “हाम्रो प्रकृति, हाम्रो सम्पदा र हाम्रो संस्कृति“ विषयमा चित्रकला प्रतियोगिता पौष ३० गते शनिबार सम्पन्न भयो ।
उक्त चित्रकला प्रतियोगिताको सह प्रायोजन क्रियटिभ बचत तथा ऋण सहकारी लिमिटेड, रोटरी क्लव अफ काभ्रे भ्याली र सुप्रिम डेन्टल केयरले गरेको थियो । चित्रकला कार्यक्रममा किवनिस नेपाल डिष्ट्रिक्ट का गवर्नर श्री लक्ष्मण लम्साल, गभर्नर इलेक्ट श्री तीर्थ कुमारसिंह, कीवनिस् चिल्ड्रेन फण्ड का श्री शिवराम फुयाल ज्युले अवलोकन र प्रोत्साहन गर्नुभएको थियो । चित्रकला प्रतियोगितामा विद्यालय समूहको तर्फबाट प्रथम कृजन तामाङ, द्वितीय आरोग्य पराजुली, तृतीय सजबि श्रेष्ठ र सान्तनामा अनुभव कर्माचार्य, प्रनिस कपालि, सृजन मानन्धर, विशााल भण्डारी र प्रसाान्त ताम्राकार हुनु भएको थियो । त्यसै गरि क्रियटिभ बाल बचत समूहका तर्फबाट प्रथम श्रीजु प्रजापति, द्वितीय हार्दिक योगाल श्रेष्ठ, तृतीय लिया बादे र सान्त्वनामा प्रतीक मानन्धर, आर्य पराजुली, आर्य योगल र देवान्स श्रेष्ठ भएका थिए ।
प्रतियोगिताको संयोजन किवनिस् क्लब अफ काभ्रेका अध्यक्ष अशोककुमार श्रेष्ठले गर्नुभएको थियो र सहजीकरण बनेपाका वरिष्ठ चित्रकार सहायक कर्मचार्यले गर्नु भएको थियो । क्रियटिभ सहकारीका अध्यक्ष कमला श्रेष्ठ व्यवस्थापक अनिमा अवा लगायतका व्यवस्थापन समितिका सदस्यले बालबालिका हरुलाइ सहभागी गराइ कार्यक्रममा उपस्थिति गरेको जनाएको छ ।
