IMG-LOGO

शेषव गौतम रहनुभएन

 मंगल, माघ ३, २०७९  ---

      काभ्रे जिल्लाको बाम आन्दोलनमा ठूलो योगदान रहेका पुराना (पञ्चायत कालदेखि), नेपाल बार एशोसियशन काभ्रे बार इकाइका पूर्व सचिव समेत रहेका शेषव गौतम ६४ वर्षको उमेरमा निधन भएको हो । विष सेवन गरेको अवस्थामा परिवारले फेला पारेपछि काठमाण्डौ टिचिङ हस्पिटल लगेको उपचारको त्र्रmममा शुक्रबार निधन भएको कुरा प्रहरी कार्यालय महाराजगञ्ज काठमाण्डौले जनाएको छ ।

      पोष्टमार्टम पछि शनिबार पशुपति आर्यघाटमा दाहसंस्कार गरेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान महाराजगञ्ज काठमाण्डौ प्रहरीले गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । उहाँका दुई छोरी र १ छोरा छन् ।  असमायिक निधन हुनु भएका शेषव गौतम प्रति काभ्रेटाइम्स परिवार हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्