काभ्रे जिल्लाकै अति विकट क्षेत्र कर्णालीको रुपमा परिचित महाभारत गाउँपालिकामा विद्युतीकरण भएपछि गाउँबासी हर्षित भएका हुन् । जिल्ला सदरमुकाम धुलिखेलबाट करिब ८० किमी टाढा रहेको डाडापारी क्षेत्र महाभारत गाउँपालिकामा ५२ वर्ष पछि विद्युतीकरण भएको हो । २०६२।०६३ को जन आन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन भएकोले नमुना विकास डाडापारी क्षेत्रमा भएको कुरा महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो । गाबिस अध्यक्ष जिम्बाले सडक सञ्जाल विस्तार, खानेपानी, शिक्षा, स्वास्थ्य क्षेत्रमा त्र्रmमिक रुपमा सुधार हुदै विकासले गति लिएको बताउँदै विद्युतीकरणमा नेपाल सरकारले १ अर्ब ५६ करोड रकम विनियोजन गरेर कार्य सम्पन्न गर्न सकेको उल्लेख गर्नुभयो । २०७४ को स्थानीय निर्वाचन सम्म नेपाल विद्युत प्राधिकरण केन्द्रिय प्रशारण लाइनको सम्पर्कमा रहेको थिएन ।
महाभारत र खानीखोलाका सर्वसाधारण जनताहरुले गाउँघर उज्यालो हुने भएपछि खुशि नहुने कुरै भएन एक स्थानीय बिल बहादुर जिम्बाले भन्नुभयो । त्यस्तै गरी खानीखोला गाउँपालिकामा केहि वडामा तार र मिटर जडान गर्न बाँकी रहेकाले फागुन भित्रमा विद्युतीकरणको कार्य सम्पन्न हुने गरी कुरा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ छिन्ताङले बताउनुभयो । विद्युतीकरण पछि खानीखोलाका ३ हजार घरधुरि र महाभारत गाउँपालिका ४ हजार गरी ७ हजारले विद्युत सेवा प्राप्त गर्न सक्ने छन् ।
