IMG-LOGO

फेसबुकबाट ‘चट्याङ’

 मंगल, माघ ३, २०७९  केदार सिटौला

      भनिन्छ चटयांगले कसैलाई पनि दुई पटक हान्दैन रे । किनकि कुनै पनि व्यक्तिलाई चटयांग लाग्न सक्ने सम्भावना दश लाखमा एक पटक भन्दा पनि कम हुन्छ । दुई पटक लाग्नु त असम्भव नै जस्तो हुन्छ । तर संसारमा एक जना यस्ता व्यक्ति पनि थिए जसलाई एक पटक होईन दुई पटक होईन चार–चार  पटक सम्म चटयांग लागेको थियो । ती व्यक्ति थिए बेलायतका सैनिक वाल्टर समर्फोर्ड । उनलाई पहिलो पटक चटयांग पहिलो बिश्व युद्दको क्रममा बेल्जीयममा सेनाहरुलाई कमाण्ड गरिरहेको क्रममा लाग्यो । चटयांगको कारण उनको शरीरमा पक्षघात भयो । उनलाई सेना बाट अवकास दिईयो । यो घटना पछि वाल्टर समर्फोर्ड क्यानाडामा गएर बस्न थाले । पक्षघात पिडित भए पनि उनलाई घरमा थुनिएर बस्न मन पर्दैन  थियो । उनको शोख माछा मार्नु थियो। १९२४ मा एउटा रुखको फेदमा बसेर माछा मार्ने क्रममा उनलाई चटयांग लाग्यो ।

      यो चटयांग उनि बसेको रुखमा परेको थियो । रुख बाट उनको शरीरमा उच्च भोल्टेजको करेन्ट प्रवाह भयो । वाल्टर समर्फोर्ड नराम्रो संग घाइते भए । तर यस पटकको चटयांगले उनलाई फाइदा पनि ग¥यो। दुई दिन पछि उनको पक्षघात निको भयो। उनि फेरी हिड्न सक्ने भए । यो घटना घटेको ६ बर्ष पछि १९३० मा उनलाई फेरी चटयांगले हिर्कायो । राम्रो घाम लागेको बेला पार्कमा हिडिरहेको समयमा अचानक मौसम बदली भयो। आधिबेरी सहित पानि पर्न लाग्यो । उनले चटयांग गर्जेको आवाज सुने । उनलाई अनुमान भैसकेको थियो अब के हुनेवाला छ भनेर । वाल्टर समर्फोर्ड लुक्नको लागि दौडे तैपनि उनी बच्न सकेनन् । उनि माथि यस पटक पनि चटयांग प¥यो। यस पटक पनि सौभाग्यबस उनि बाचे ।

      तर उनको पुरै शरीर पक्षघातले ग्रस्त भयो । यो घटनाको दुई बर्ष पछि उनको मृत्यु भयो । तर मृत्यु पछि पनि उनले शान्ति पाएनन् । वाल्टर समर्फोर्डको मृत्यु भएको ४ बर्ष पछि उनको चिहानमा समेत चटयांग प¥यो । उनको चिहानमा राखिएको पत्थरमा चटयांग परेर टुक्रा टुक्रा भयो । आज पोखरामा भएको यति एयरलाइन्सको प्लेन दुर्घटनामा कोपाइलट अञ्जु खतिवडाको मृत्युले यो घटना सम्झना दिलायो । उनका श्रीमान दीपक पोखरेल पनि यती एयरलान्सकै को–पाइलट थिए । आज भन्दा १६ बर्ष अगाडी २९ जेठ २०६३ मा उनको पनि विमान दुर्घटनामा मृत्यु भएको रहेछ । यस्तो लाग्छ केहि व्यक्तिलाई दशाहरु पटक पटक फर्केर दुख दिईरहदा रहेछन ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्