नेवाः पत्रकारहरुको राष्ट्रिय संगठन नेवा पत्रकार राष्ट्रिय दबु काभ्रे शाखा प्रकाशक भएको प्रधान सम्पादक सिद्धिबहादुर कर्माचार्य र कार्यकारी सम्पादक प्रकाशबहादुर कायस्थद्वारा सम्पादित “सुकुन्दा” त्रैमासिक मुख पत्र पत्रिका माननीय उपप्रधान एबम भौतिक पूर्वाधार,निर्माण तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले अति समारोहमा बिमोचन गर्नु भयो । नेवा पत्रकार राष्ट्रिय दबु केन्द्रका अध्यक्ष सुरजबीर बज्राचार्यको अध्यक्षतामा संचालित समारोहमा नेवा देय दबुका केन्द्रीय अध्यक्ष पबित्रमान बज्राचार्य, नेपाल साहित्यक पत्रकार संघका केन्द्रीय अध्यक्ष बरिष्ठ साहित्यकार मोहन दुवाल, नेपाल साहित्यक पत्रकार संघका केन्द्रीय कोषाध्यक्ष साहित्यकार सूर्य लाकोजू, फोनिजका अध्यक्ष गजुरधन राई, नेपाल प्रेस युनियन,नेपाल पत्रकार महासंघ आदिका प्रतिनिधि ज्यूहरुले संयुक्त रुपमा बिमोचन गर्नु भएको े “सुकुन्दा” त्रैमासिक मुख पत्र नेपाल भाषाको सेवा गर्ने हेतु मोहन दुवाल संरक्षक,सल्लाहकार त्रय सूर्य लाकोजू,रमालक्ष्मी कर्णजित र सोमकाजी शाक्य, प्रधान सम्पादक सिद्धिबहादुर कर्माचार्य, कार्यकारी सम्पादक प्रकाशबहादुर कायस्थ, सम्पादक द्वय हर्ष नारायण कर्माचार्य र भारती श्रेष्ठ, ब्यबस्थापन समितिमा रामलाल मानन्धर, पुनमाया कर्माचार्य र दिलीप श्रेष्ठ प्रचार प्रसार समितिमा शम्भुलाल श्रेष्ठ र बिकुनारायण ताम्राकारले आ आफ्नो तर्फबाट भूमिका निर्वाह गर्नु भएको थियो । पत्रिका निरन्तर रुपमा प्रकाशन गर्दै लाने लक्ष्य लिएको छ । पत्रिका पाठकहरुबाट सुझाव सल्लाह सहयोगको लागि अनुरोध गरिएको छ ।
