रोटरी क्लब अफ काभ्रे भ्यालीको आयोजनामा बनेपामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ब्लड बैंकहरुमा रगतको अभाव हुन थालेपछि उक्त रक्तदान कार्यक्रम गरिएको हो । “रक्तदान जीवनदान“ भन्ने मूल नारा सहित आयोजना गरिएको उक्त कार्यक्रममा काभ्रे जिल्लाका विभिन्न ठाउँबाट ४१ जनाले रक्तदान गरेका थिए ।
