IMG-LOGO

१३ औ नेवाः एकता दिवस सम्पन्न

 मंगल, पौष २६, २०७९  ---

 

      राष्ट्रिय नेवाः एकता दिवस मुल समारोह समितीको आयोजनामा १३ औ नेवाः एकता दिवस बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्यले एक कार्यक्रमका बिच गत शनिबार उद्घाटन गर्नुभयो । सात गाउँ बनेपा, नाला, साँगा, धुलिखेल, खड्पु, चौकोट र पनौतीका नेवार संस्कृति र समुदायको सम्पदा जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम गरीएको आयोजकले जनाएको छ । नेवारी संस्कृति झल्कने गरी भेषभुषा बाजागाजा महालक्ष्मी नाच, बासुरी बाजा, राजारानी नाच, धिमे बाजा, नेवारी गीत र लाखे नाच सहित बनेपा बजार परिक्रमा गरेको थियो । सोमकाजी शाक्यले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा अध्यक्ष जगतनाथ श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा वरिष्ठ साहित्यकार र सांस्कृतिक धरोहर व्यक्तिहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्