धुलिखेल समाज काठमाडौंको १३ औं साधारण सभा, पुरानो बानेश्वर स्थित मानसरोवर पार्टी प्यालेसमा शनिवार वरिष्ठ समाज सेवी वरिष्ठ कलाकार हरिवंश आचार्यको प्रमुख आतिथ्यतामासम्पन्न भयो । उक्त सभामा प्रमुख अतिथि हरिवंश आचार्यले धुलिखेलका युवा जमातलाई सकृय गराई धुलिखेल विकासको लागि धुलिखेल समाज काठमाडौंको अग्रगामी कदम चाल्न सुझाव दिनु भयो । उक्त सभामा धुलिखेलका विभिन्न वरिष्ठ समाजसेवीहरुको उपस्थिति भएको थियो । शुभकामना मन्तव्यको क्रममा काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति तथा धुलिखेल अस्पतालको संस्थापक डा.रामकण्ठ माकजुले धुलिखेललाई नमुना नगरपालिका बनाउन सक्ने शक्ति धुलिखेलेसँग भएकोले सशक्त भूमिका निर्वाह गर्न तथा विद्वानहरुको शहर बनाउन सल्लाह दिनुभयो ।
काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापाले धुलिखेललाई आफ्नो कार्यकालमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । धुलिखेल समाज काठमाडौंको १३ औं साधारण सभाले देव मन्दिल खोजु श्रेष्ठको अध्यक्षतामा कार्यसमितिमा २२ जना निम्नानुसार निर्विरोध निर्वाचित हुनु भयो । अध्यक्षमा देब मन्दिल खोजु श्रेष्ठ, प्र.उपाध्यक्षमा मिन बहादुर यगोल श्रेष्ठ, द्वि.उपाध्यक्षमा दिल सुन्दर टक्सारी श्रेष्ठ, तृ.उपाध्यक्ष (महिला) मा रामकेशरी व्याञ्जु श्रेष्ठ, महासचिवमा गयानाथ माकजु श्रेष्ठ, कोषाध्यक्ष अञ्जनी कुमार कोंजु श्रेष्ठ, सचिवमा रश्मी माकजु श्रेष्ठ, सदस्यहरुमा रामेश्वर तखाछेँ श्रेष्ठ, मानकुमारी न्हसीजु श्रेष्ठ, उज्जर कृष्ण वरुण श्रेष्ठ, रामेश्वर घिनाञ्जु श्रेष्ठ, श्याम सुन्दर माकजु श्रेष्ठ, सरोज तुसुजु श्रेष्ठ, मनिष यगोल श्रेष्ठ, जगदिश कुमार खोजु श्रेष्ठ, जय प्रकाश धालाछे श्रेष्ठ, जीवनकाजी माकजु श्रेष्ठ, अञ्जनी कुमार देवजु श्रेष्ठ, प्रविन यगोल श्रेष्ठ, अक्षर गोपाल यगोल श्रेष्ठ, धुर्व कुमार खोजु श्रेष्ठ र धिरज कुमार खोजु श्रेष्ठ रहनु भएको छ ।
