जिल्ला सहकारी संघ काभ्रेको ४१ औ साधारण सभा शनिबार आफ्नै नवनिर्मित भवनको हलमा सम्पन्न भयो । राष्ट्रिय सहकारी बैकका अध्यक्ष के.वि उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्माले संघको समग्र वस्तु स्थिीतिको बारेमा प्रष्ट पार्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि के.वि उप्रेतीले सहकारी क्षेत्रमा केहि समस्या देखिनु राज्य पक्षको समेत दोष रहेको उल्लेख गर्दै सहकारी सञ्चालकहरुलाई मात्रै समस्या देखायएर राज्यका निकायहरु पन्छिन नमिल्ने धारणा राख्नुभयो । प्रमुख अतिथि उप्रेतीले देशको आर्थिक संकट पैदा हुने हल्ला राजनितिक अस्थीरता, विदेशी डलरको सञ्चितीको रह्रास, व्यापार व्यवसायमा शिथिलता भूउपयोग नीति जग्गा वर्गीकरण समयमा नहुनु जस्ता कारणले गर्दा केहि सहकारी संस्थामा समस्या देखिएको छ भनि थप प्रस्ट पार्नुभयो । प्रमुख अतिथि उप्रेतीले राज्यले १० अर्ब र वियषयगत संघ सहकारी संस्थाहरुबाट ५ अर्बको कोष खडा गरेर भएपनि सहकारी संस्थाहरुलाई सहुलयित दरमा ऋण प्रवाह गरेर भएपनि राज्यले सहकारी क्षेत्रलाई बचाउनुपर्ने उहाको तर्क थियो ।
प्रारम्भिक सहकारी संस्थाहरुले शेयर सदस्यको जीवनस्तर उकास्न, उद्यमशिलताको विकास गरी सबैलाई उद्यमी व्यवसायी बनाउन सकेमात्र सहकारी क्षेत्रको गुणात्मक विकास हुने उहाको भनाइ रहेको थियो । कार्यक्रममा दुग्ध विकास बोर्ड बाग्मती प्रदेशका कार्यकारी उपाध्यक्ष टिका बल्लब सापकोटा, नेपाल बचत तथा ऋण सहकारी संघ बागमती प्रदेशका अध्यक्ष उद्धव सापकोटा, जिल्ला संघका सल्लाकारहरु विनोद पराजुली, मुकुन्द प्रसाद दाहाल, नेपाल पत्रकार महासंघ काभ्रे उपाध्यक्ष विनोद न्र्यौपाने लगायतले शुभकामना मन्तव्य राख्नुभयो । संस्थाका सचिव निरञ्जन विष्टले प्रगति तथा भावि कार्ययोजना, कोषाध्यक्ष राजन शाक्यले आव. ०७८÷०७९ लेखापरिण तथा आगामी वर्षको प्रस्तावित बजेट प्रस्तुत गर्नुभयो । लेखा सुपरिवेक्षण समितीको प्रतिवेदन लेखा सदस्य सरस्वती चिमौरियाले प्रस्तुत गर्नुभयो । ५ सय ४४ वटा प्रारम्भीक संस्थाहरु आवद्ध रहेको जिल्ला सहकारी संघ काभ्रेको शेयर पूजी २ करोड २८ लाख ३८ हजार ६ सय रहेको छ । ४० करोड ७९ लाख २९ हजार २ सय ४ को कारोबार। गर्न सफल भएको छ । ३३ करोड ३५ लाख ३४ हजार ९ सय ६१ बचत निक्षेप रहेको संघले २८ करोड ९१ लाख २९ हजार ३ सय ५ ऋण लगानी गरेर ३ करोड ७८ लाख ५१ हजार ३ सय ५ कुल आम्दानी गर्न सफल भएको छ । जिल्ला संघका अध्यक्ष दिलिप शर्माले सहकारीहरुको स्थायित्व दिगो विकासमा लग्न सवल र सक्षम बनाउन सुशासन र पारदर्शिता कायम गरी अघि बढ्नुपर्ने कुरा बताउनुभयो ।
