नेपाल सरकारका उपप्रधानमन्त्री नारायण काजी श्रेष्ठबाट वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी पत्रकारिता पुरस्कार २०७९ बाट साहित्यकार तथा पत्रकार सूर्यप्रसाद लाकोजू पुरस्कृत भएका छन । उनलाई सो पुरस्कार नेपाल सरकारका उपप्रधानमन्त्री नारायण काजी श्रेष्ठले प्रदान गरेका थिए । उनीसँगै भिक्षु कुमारकाश्यप स्मृति पत्रकारिता पुरस्कारबाट नेपाः च्यानलका सञ्चारकर्मी अनुशा बज्रँचार्य पुरस्कृत भएका थिए । त्यस्तै बाबुराजा ज्यापू फोटो पत्रकारिता पुरस्कार भक्तपुरका फोटोपत्रकार सुरेशख्वाखः श्रेष्ठलाई, श्रीरामस्मृति पत्रकारिता पुरस्कार हेटौंडाका पत्रकार सुरेश श्रेष्ठलाई, ज्ञानदेवी– मणी पत्रकारिता स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार नरेशवीर शाक्यलाई, सरस्वती कर्माचार्यलाई ज्ञानज्योति – लक्ष्मीप्रभा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका थिए । पुरस्कृत व्यक्तित्वहरुलाई पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर बज्राचार्यले माल्यार्पण, नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकारले दोसल्ला, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले प्रमाणपत्र प्रदान गरेका थिए । सो पुरस्कार नेवा पत्रकार राष्ट्रिय दबुको चौथो वार्षिकोत्सव को अवसरमा प्रदान गरिएको थियो ।
सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले जातीय विविधताको सम्बोधन, सामाजिक न्यायको लागि पत्रकारहरु संवेदनशील हुनुपर्नेमा जोड दिदै समावेशी पत्रकारिताको विकास र मातृभाषाको पत्रकारितालाई विकास गर्नुपर्ने विषयमा राज्यको ध्यान आकृष्ट भएको बताएका छन । सो कार्यक्रममा नेपाल प्रेस काउन्सिलका प्रमुख अधिकृत झविन्द्र भुसाल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गजुरधन राई, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव नारायणसुन्दर किलम्बु, नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्य लगायत का महानुभाव हरूले आफ्ना विचार व्यक्त गरेका थिए ।
