“बुद्धको उपदेश अनुशरण गरौँ चित्तलाई हामी परिशुद्ध गरौँ” भन्ने उद्देश्य सहित नेपाल राष्ट्रिय ज्ञानमाला सम्मेलन २०७९ बनेपाको पार्टी भेन्युमा पौष २३ गतेबाट ३ सम्म सञ्चालन हुने छ । अखिल नेपाल भिक्षु महासंघ काठमाण्डौँका अध्यक्ष भिक्षु फ्राखु विशाल धम्मसोभन महास्थविरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वांख्य ज्ञानमाला भजन खलः बनेपा, काभ्रेका अध्यक्ष जगत नारायण मानन्धरले स्वागत मन्तव्य राख्नुभयो । बागमती प्रदेश सांसद कञ्चनचन्द्र बादे, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा दाहाल, बनेपा ८ नं. वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, संरक्षक सुवर्ण शाक्य, सल्लाहकारहरु शान्त रत्न शाक्य, किरण कुमार जोशी, तिर्थनारायण महर्जन, महारत्न बज्राचार्य, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य शुरकृष्ण बैद्य, नेपाल पत्रकार महासंघ काभ्रेको पूर्व उपाध्यक्ष रमेश प्रसाद न्यौपाने लगायतको आतिथ्यता रहेको थियो । देशभरी १ सय ३० ज्ञानमाला भजन समुह रहेकोमा बनेपाको सम्मेलनमा ८० वटा ज्ञानमाला भजन समुह सहभागी रहेको थियो । जीवनको यात्रालाई गन्तव्यमा पु¥याउन, विश्वमा शान्ति स्थापना गर्न, बुद्धको उपदेश र ज्ञानलाई फैलाउन आवश्यक रहेको कुरा प्रमुख अतिथि भन्ते फ्राखु विशाल धम्मशोभन महास्थविरले बताउनुभयो । कार्यक्रमको व्यवस्थापन वांख्य ज्ञानमाला भजन खलः जिल्ला व्यवस्थापन समितिले गरेको थियो । केन्द्रीय अध्यक्ष रमना श्रेष्ठले कार्यक्रमको सभापतित्व गर्नु भएको थियो ।
