IMG-LOGO

सक्षम साकोसको अध्यक्षमा पुनः रमेश काजी

 मंगल, पौष २६, २०७९  ---

      सक्षम बचत तथा ऋण सहकारी संस्थाको २७ औ वार्षिक साधारण सभाले रमेशकाजी श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिती निर्वाचित गरेको छ । उपाध्यक्षमा भवानी जोशी, सचिवमा सरोजकाजी श्रेष्ठ,कोषाध्यक्षमा मनोज थापा, सञ्चालक सदस्यहरु ओमप्रसाद मानन्धर, गीता श्रेष्ठ  र सुविन वैदार रहनु भएको छ । त्यस्तै गरी राजेश मानन्धरको संयोजकत्वमा राजकुमार श्रेष्ठ सदस्य रहेको लेखा सुपरिवेक्षण समिती निर्वाचित गरेको छ ।सहकारी विद् कैलाश भक्त प्रधानांगको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विनायक साकोस भक्तपुरका अध्यक्ष नारायण प्रसाद स्वागमिखा , भोमी बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष हरि बहादुर श्रेष्ठ अतिथि रहनुभएको थियो । निर्वाचन संयोजक सत्यनारायण भालु श्रेष्ठले निर्वाचित भएकाहरुलाई सपथ ग्रहण गराउनुभएको थियो ।

      संस्थापक सदस्य मणिराज श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा संस्थाकी कर्मचारी मनिषा धाजु श्रेष्ठलाई पुरस्कृत सहित सम्मान गरिएको थियो । संस्थाका सचिव मनोज थापाले प्रगति तथा भावि कार्ययोजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष सरोजकाजी श्रेष्ठले आव ०७८।०७९लेखा परिक्षण प्रतिवेद प्रस्तुत गर्नुभयो । लेखा सुपरीवेक्षण समितीका संयोजक भवानी जोशीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । आ.व ०७८।०७९ मा १ करोड ११ लाख ६८ हजार ३ सय शेयर पूंजी संकलन, १४ करोड ७९ लाख ८४ हजार १ सय ४० बचत संकलन, १९ करोड ४६ लाख २८ हजार २ सय ६६ ऋण लगानी गरेको जनाएको छ । ३ करोड ७ लाख ४७ हजार ७ सय ८ कुल आम्दानी गर्न सफल भएको छ । संस्थाकी प्रबन्धक पार्वती थापाले सहकारीको शेयर सदस्यहरुको जीवनमाथि उकास्न ऋण प्रवाह गर्नुदेखि संस्थागत सुशासनमा कार्य गर्दै अघि बढेको बताउनुभयो । संस्थाका अध्यक्ष रमेशकाजी श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्