IMG-LOGO

श्री कालीकादेवी माध्यमिक विद्यालयको ४६ औँ वार्षिकोत्सव

 मंगल, पौष २६, २०७९  ---

      धुलिखेल–११ डाडाँगाउँ स्थित श्रीकालीकादेवी माध्यमिक विद्यालयको ४६ औँ वाषर््िाकउत्सव  कार्यक्रम वडा अध्यक्ष नारायण प्रसाद वडालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । एसईई परीक्षामा उत्तीर्ण छात्रछात्रालाई विदाई र कक्षा ८ का उत्कृष्ट छात्रछात्रालाई पुरस्कार तथा सम्मान गरिएको थियो । अतिरिक्त क्रियाकलापमा प्रथम, दुतीय र तृतीय हुने छात्र छात्रालाई समेत पुरस्कार गरिएको थियो । पूर्व गणित शिक्षक सन्दिप ज्ञवालीलाई सम्मान सहित विदाई र २०७९ को उत्कृष्ट शिक्षकमा संगिता गौतमलाई पुरस्कृत सहित सम्मान गरिएको थियो । धुलिखेल शिक्षा शाखा प्रमुख भोजकुमार ठकुरी, विद्यालयका संस्थापक प्रधानाध्यापक भवानी संकर शर्मा तिमल्सिना, पूर्व प्रअहरु गंगा प्रसाद सत्याल, उद्धव प्रसाद तिमल्सिना, हनुमान माविका प्रअ मनोहर थापा, पात्लेखेल होम स्टेका सञ्चालक केशव वडाल, निलराज रेग्मी, धुलिखेल वडा नं. ११ का पूर्व अध्यक्ष विष्णु काभ्रेली, जनप्रतिनिधिहरु र हरि प्रसाद प्याकुरेल लगायतको आतिथ्यता रहेको थियो । ब्रम्ह शाहीले विद्यालयका छात्रछात्रालाई न्यानो कपडा वितरण, त्यस्तै गरी पुकुदीदी फउण्डेशनले स्कूल व्याग वितरण गरेको थियो । अतिरिक्त क्रियाकलाप संयोजक देवी प्रसाद गौतमले पुरस्कार वितरणमा सहजीकरण गर्नु भएको थियो । प्रधानाध्यापक रञ्जीत कुमार राइले हालसम्मको शैक्षिक प्रगतिको बारेमा प्रष्ट पार्नु भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र कुमार न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयको कार्यक्रममा उपस्थिति हुन नसके पनि धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुले विद्यालयको शैक्षिक स्तर उन्नतीमा सधै साथ दिने सन्देश पठाउनु भएको जनाएको छ । कार्यक्रमको सञ्चालन सत्यमान लामाले गर्नु भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्